बडादसैँमा घर जाने सैनिक तथा परिवारलाई यातायात सुविधा

२०८१ सालको बडादसैँमा घर जाने नेपाली सेनाका बहालवाला सकल दर्जा तथा तिनका आश्रित परिवारलाई सहुलियतको यातायात सुविधा उपलब्ध गराइएको छ ।

घर बिदा जाने नेपाली सेनाका सकल दर्जा तथा तिनका आश्रित परिवारजनलाई सैनिक कल्याणकारी कार्य अन्तर्गत आश्विन १८ गतेबाट बिहीबार (भोली) २४ गतेसम्म मुलुकका विभिन्न स्थानहरूमा सहुलियतको यातायात सुविधा (स्थल तथा हवाइ) सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।

बुधवारसम्म सडक सञ्जालको पहुँच पुगेका स्थानहरूमा सवारी साधन (बस) मार्फत १२३० जना र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी र हिमाली क्षेत्रहरू लगायत लामो दुरीका गन्तव्यहरूमा हवाई उडानमार्फत ७२१ जना गरी हालसम्म १९५१ जना सकल दर्जा एवं आश्रित परिवारहरूले यातायात सुविधा मार्फत यात्रा गरिसकेको सेनाले जनाएको छ ।

नेपाली सेनाले कल्याणकारी कार्य अन्तर्गत बहालवाला र भू.पू. सैनिक तथा तिनका आश्रित परिवारजनलाई लक्षित गरी विविध सैनिक कल्याणकारी कार्यहरू सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *