उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन
२२ असोज २०८१ १६:५३
सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ ।
अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व अर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा विज्ञ सम्मिलित पाँच सदस्यीय आयोग गठन गरेको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोगले सबै पक्षसँग परामर्श र छलफल गरी नेपालको अर्थतन्त्रलाई गतिशील बनाउँदै सही मार्गमा अघि बढाउन आवश्यक सुझाव दिने विश्वास व्यक्त गरे ।
अर्थ मन्त्रालयले एक सय दिनमा पूरा गर्ने कामको सूचीमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरिने बुँदा पनि समावेश थियो । सोही अनुसार उक्त आयोग गठन भएको हो । आयोगले कार्यविधि भने आफैँ तय गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया