
२५ करोड विदेशी मुद्राको मालिक पौडेलविरुद्ध अदालतमा मुद्दा


राजस्व अनुसन्धान विभागले २५ करोड विदेशी मुद्रा तस्करीका मालिक नारायण पौडेलविरुद्ध आज जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
विभागले पौडेलविरुद्ध विदेशी मुद्रा अपचलनसम्बन्धी कसुरमा २५ करोड बिगो, ऐनअनुसार जरीवाना र कैद सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
गत चैत ४ गते काठमाडौंको टोखा नगरपालिकाको झोरबाट ना ७ ख १६५२ नम्बरको ट्रकमा बरामद भएको करिब २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी पौडेल रहेको खुलेको थियो ।
प्रहरीले ट्रकसँगै चालक सिन्धुपाल्चोकको भोटेकोशी वडा नम्बर १ का ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई टोखा नगरपालिका– १० बस्ने पौडेल नेपाल इन्भेस्टमेन्ट बैंकमा नक्कली एलसी खोलेको अभियोगमा २ वर्ष जेल परेका व्यक्ति हुन् ।
प्रतिक्रिया