
अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप तथा पहिलो पारा च्याम्पियनसिप हुँदै


सातौँ नेकोस जुडो अन्तर्राष्ट्रिय च्याम्पियनसिप तथा पहिलो पारा जुडो च्याम्पियनसिप आगामी बुधवारदेखि हुने भएको छ ।
नेपाल खेलकुद महासंघ तथा राष्ट्रिय जुडो संघ नेपाल, बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको संयुक्त आयोजनामा वैशाख ३ देखि ५ गतेदेखि उक्त प्रतियोगिता हुन लागेको हो ।
खुसिबू नयाँबजारस्थित बहुउद्देश्यीय मार्शल आट्र्स केन्द्रको जुडो हलमा हुने यस प्रतियोगितामा २१ वर्षमुनिका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् । आयोजकले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।
पुरुषतर्फ २० केजीमुनि, २५ केजीमुनि, ३० केजीमुनि, ३५ केजीमुनी, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनी, ५५ केजीमुनी, ६० केजीमुनी, ६६ केजी मुनी, ७३ केजीमुनि तथा खुला गरी कुल १२ तौलसमूह प्रतिस्पर्धा हुने भएको छ ।
महिलातर्फ २८ केजीकेजी, ३२ केजीमुनी, ३६ केजीमुनी, ४० केजीमुनी, ४४ केजीमुनी, ४८ केजीमुनी, ५२ केजीमुनी, ५७ केजीमुनी, ६३ केजीमुनी, ६३ केजीमाथि तथा खुला गरी कुल ११ तौलसमूहमा प्रतिस्पर्धा हुने भएको छ । महिला र पुरुष गरी कुल २५० जनाले सहभागिता जनाउँदैछन् ।
विभिन्न जिल्ला तथा क्लब डोजहरूमा प्रशिक्षण गरिरहेका खेलाडीले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी दिए । यस संस्करणमा नेपालसककंगै थाइल्याण्ड र भुटानका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने भएका छन् । महिला र पुरुष गरी थाइल्याण्डका ११, भुटानका आठ गरी कुल १५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
विभिन्न जिल्लाका क्लब, डोजो, विद्यालय, संघ संस्थासहित कुल ३५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । यस प्रतियोगितामा पुरुषतर्फ १२ र महिलामा ११ तौलसमूहमा खेलाडीले प्रतिस्पर्धा गर्ने तय भएको छ । पारातर्फबाट खेलाडी छनोट गरी आगामी नोभेम्बरमा हुने डिफ ओलम्पिकमा दुई जना खेलाडी छनोट गर्ने संघले जनाएको छ ।
त्यसमा पुरुषतर्फ ६० केजीमुनि र महिलामा ५२ केजी तौलसमूहमा छनोट हुने आयोजकले उल्लेख गरेको छ ।
प्रतियोगितामा खेलाडीहरूको पाँच लाख बराबरको दुर्घटना बिमा पनि गरिएको आयोजकले जनाएको छ । यस प्रतियोगितामा आइएसएसआर अर्गानाइजेसनबाट अनुसन्धानको लागि पाँच जना रिसर्चर पनि दुई दिनको लागि अध्ययन गरी रिपोर्ट पनि निकाल्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया