
नेपाल संविधानवाद र लोकतन्त्रको बाटोमा छ, संस्थागत भएर जाओस् : एनपी साउद


नेपाल संविधानवादको बाटोमा रहेको भन्दै त्यसलाई संस्थागत गर्न राजनीतिक दलहरूले सफलता प्राप्त गर्न लाग्नुपर्ने कांग्रेस सांसद तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् ।
नयाँ वर्षको अवसरमा देउडा समाजले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै साउदले नेपालमा लोकतन्त्र संस्थागत गर्नुपर्ने बताएका हुन् । ‘मुलुक संविधानवाद, लोकतन्त्रको बाटोमा छ । त्यो संस्थागत भएर जाओस्, शान्ति दिगो भएर जाओस् भन्ने कामना गर्छु,’ उनले भने ।
संविधान र व्यवस्थाका लागि नेपाली जनताले ठूलो त्याग र बलिदान गरेको बताउँदै उनले त्यसको स्थायित्वका लागि सबै राजनीतिक दलले प्रयत्न गर्नुपर्ने धारणा राखे । ‘सहिदहरूले लामो बलिदानपछि निर्माण गरेको संविधान र लोकतन्त्रलाई कसैले हल्लाउन नसकोस् । नेपालमा दिगो शान्ति स्थापना गर्ने हाम्रो प्रयत्नलाई हल्लाउन नसकोस्,’ उनले भने ।
देउडा सुदूरपश्चिमको संस्कृति रहेको बताउँदै साउदले त्यसलाई कमजोर हुन नदिनुपर्ने बताए । संस्कृतिले विचार र पद्धति बोकेर समाजलाई अगाडि बढाएको उल्लेख गर्दै उनले त्यसलाई संरक्षित गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया