नयाँ वर्षमा काठमाडौँसहित देशभर चहलपहल बढ्दो

नयाँ वर्षको पहिलो दिन सोमवार मुलुकको राजधानी काठमाडौं लगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ ।

सोमवार र सार्वजनिक बिदासमेत परेकाले आज सर्वसाधारण धार्मिक तथा पर्यटकीयस्थलमा घुमफिर गर्ने, रमाइलो गर्ने, मीठामीठा परिकार खाने, इष्टमित्र भेटेर रमाइरहेका छन् ।

काठमाडौंको रानी पोखरी, रत्न पार्क लगायतका ठाउँहरूमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । नेपाली पात्रोअनुसार हरेक वैशाख १ गते प्रारम्भ हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा लिइन्छ ।

वसन्त ऋतुको मौसम घुमफिरका लागि प्रतिकुल भएकाले आन्तरिक पर्यटनमा टेवा मिलेको छ । उता मिथिलाको प्राचीन राजधानी तथा मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाममा समेत दर्शनार्थीको भीड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *