
प्रहरीको झण्डा ओढाएर अवकाशप्राप्त महानिरीक्षक राणाको अन्त्येष्टी


नेपाल प्रहरीका अवकाशप्राप्त महानिरीक्षक प्रदीप शमशेर राणाको अन्त्येष्टी गरिएको छ । आइतवार पशुपतिनाथ आर्यघाटमा नेपाल प्रहरीको झण्डा ओढाएर राणाको अन्त्येष्टी गरिएको हो ।
गृहमन्त्री रमेश लेखकले आर्यघाटमा पुगेर राणाप्रति अन्तिम श्रदान्जली ब्यक्त गरेका थिए ।
उनकाे पार्थिक शरिरमा अवकाशप्राप्त महानिरीक्षकसहित हाल नेतृत्व गरिरहेका महानिरीक्षक दीपक थापाले पुष्पसहित अन्तिम श्रदान्जली दिएका थिए । उनकाे शबयात्रा प्रहरी परम्परा अनुसार गरिएकाे थियाे ।
लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेको ७८ वर्षीय राणाको शनिवार साँझ निधन भएको थियो।
नेपाल प्रहरीमा २०५७ देखि २०५९ सम्म नेतृत्व गरेका राणा संगठनभित्र व्यवसायिक प्रहरी अधिकृत थिए ।
उनको कार्यकालमा प्रहरीभित्र भौतिक संरचनाहरूको निर्माणका साथै उनकै कार्यकालमा दरबार हत्याकाण्ड भएको थियो ।
प्रतिक्रिया