
रविको निवेदन न्यायाधीश ढुंगानाको इजलासमा


रवि लामिछानेले दिएको निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ हुँदै छ ।
गत शुक्रवार रविका तर्फबाट दर्ता भएको निवेदनमाथि आज प्रारम्भिक सुनुवाइका लागि इजलासमा पेस भएको हो ।
लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत बुटवलको आदेश बदर गर्न माग गर्दै गत शुक्रवार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।
रवि पत्नी निकिता पौडेल आफैँ उपस्थित भएर रिट दर्ता गराएकी थिइन् ।
यसअघि, जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश दिएको थियो, तर उच्च अदालतको आदेशले यो धरौटी आदेशलाई खारेज गरिदिएको थियो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको आरोपमा थुनामा पठाउन आदेश दिएको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको नेतृत्वमा उक्त आदेश जारी भएको थियो ।
प्रतिक्रिया