
वीरगञ्जमा १२ घण्टाका लागि लम्बियो कर्फ्यु

पर्साको वीरगञ्जमा शनिबार अपराह्न हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीच भएको झडपले शहर तनावग्रस्त बनेको छ । झडपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका अधिकारीहरू र सर्वसाधारण गरी ४३ भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
घटनाको सुरुआत वीरगञ्ज महानगरपालिका-२ स्थित श्रीराम हल नजिकै रहेको जामा मस्जिद अगाडि अपराह्न करिब ४:५० बजे भएको हो । प्रहरीका अनुसार शोभायात्रा मस्जिद नजिक पुग्दा एकाएक ढुंगामुढा सुरु भयो, जसले दुवै समूहबीच भिडन्तको अवस्था सिर्जना गरायो । घटनापछि अवस्था थप जटिल नहोस् भनेर पर्सा जिल्ला प्रशासन कार्यालयले शनिबार बेलुकादेखि कर्फ्यु लगाएको थियो ।
यसअघि आज मध्यान्न १२ बजेसम्म मात्र कर्फ्यु लगाइएको भए पनि स्थिति गम्भीर बनेपछि कर्फ्यु १२ घण्टा लम्ब्याइएको छ । अब राति १२ बजेसम्मका लागि वीरगञ्ज क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।
प्रशासनले नागरिकहरूलाई संयमित रहन, अफवाहमा नफस्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ। स्थानीय प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा सुरक्षालाई कडाइ गरेका छन्। तनावग्रस्त क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। झडपको कारणको अनुसन्धान भइरहेको बताइएको छ ।
- जनमोर्चा अध्यक्ष केसीको प्रश्न- आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरूले जनतालाई कसरी सम्झाउनुहुन्छ ?
- लोकतन्त्रको डङ्का पिटेरमात्रै लोकतन्त्रवादी हुँदैन : राजेन्द्र लिङदेन
- परिवर्तन गर्न खोज्नेहरूलाई सरकारले छानिछानी अवरोध गर्यो : रास्वपा
- राष्ट्रिय एकता अभियानद्वारा जम्मू कश्मीरमा भएको आतङ्ककारी हमलाको भर्त्सना
प्रतिक्रिया