वीरगञ्ज तनाव समाधान गर्न सर्वपक्षीय बैठक

पर्साको वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच भएको तनाव समाधानका लागि अहिले जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक जारी छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा अहिले बैठक भइरहेको उनको सचिवालयले जनाएको छ ।

बिहान साढे ७ बजेदेखि छलफल भइरहेको जनाइएको छ । शनिबार दुई समुदायबीच झडप भएपछि वीरगञ्जमा शनिबार साँझ ६ः३० बजेदेखि आज आइतबार दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु लगाइएको छ। यहीबीच पर्साका प्रशासन प्रमुख, प्रहरी प्रमुखको उपस्थितिमा राजनीतिक दललगायत सरोरकारवाला सबै पक्षलाई सहभागी गराई सर्वपक्षीय बैठक आयोजना गरिएको छ ।

हनुमान जन्मोत्सवका अवसरमा वीरगन्जमा शनिबार दुवै समूहबीच ढुंगा हानाहान भएको हो । झडपमा सर्वसाधारण र सुरक्षाकर्मी गरेर ३७ जना घाइते भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीतर्फ पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना तथा सशस्त्र प्रहरीतर्फ प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित ८ जना घाइते भएका छन् । यस्तै सर्वसाधारणतर्फ १२ जना घाइते भएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *