
हनुमान जन्मोत्सवको शोभायात्रामाथि भएको आक्रमण प्रति विश्व हिन्दू परिषद्को आपत्ति


बिरगंजमा शुक्रबार भएको हनुमान जन्मोत्सवको शोभायात्रामाथि ढुंगामुढा सहित आक्रमण भएको घटनाप्रति विश्व हिन्दू परिषद् नेपालले आपत्ति जनाएको छ ।
एक विज्ञप्ति जारी गर्दै परिषद्ले घटनाको निन्दा गरेको हो।
यस घटनालाई धार्मिक उत्सवको पवित्रता र समुदायको समरसता माथिको अक्षम्य आक्रमण भन्दै परिषद्ले सरकार र स्थानिय प्रशासनको ध्यानाकर्षण गराएको छ।
प्रतिक्रिया