पूर्वआईजीपी प्रदीप शमशेर राणाको निधन

नेपाल प्रहरीका अवकाशप्राप्त महानिरीक्षक प्रदीप शमशेर राणाकाे निधन भएकाे छ ।

लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेको उनको शनिवार साँझ निधन भएको हो ।

नेपाल प्रहरीमा २०५७ देखि २०५९ सम्म नेतृत्व गरेका राणा संगठनभित्र व्यवसायिक प्रहरी अधिकृत थिए ।

उनकाे कार्यकालमा प्रहरीभित्र भाैतिक संरचनाहरूकाे निर्माणका साथै उनकै कार्यकालमा दरबार हत्याकाण्ड भएकाे थियाे ।

७८ वर्षीय राणाको आज बिहान ११ बजे पशुपतिनाथ आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर