आयोगको पदाधिकारी संक्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति होस्ः उपमहासचिव ज्ञवाली

नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायको मर्म बुझेको व्यक्तिहरूलाई बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण तथा बेपत्तासँग सम्बन्धित आयोगको पदाधिकारी नियुक्त गर्नुपर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले यस्तो बताएका हुन् । उनले आयोगको पदाधिकारीमा जो आएपनि संक्रमणकालीन न्यायको मर्म बुझेको र टुंग्याउने प्रतिबद्धता भएको व्यक्ति आवश्यक रहेको बताए । ज्ञवालीले यसअघि गठन भएको आयोगले पनि संक्रमणकालीन न्याय टुङ्ग्याउँदा जनतामा विश्वास गुमेको भन्दै अब बन्ने आयोग विश्वास आर्जन गर्न सक्ने हुनुपर्ने बताए । उनले सबैले जिम्मेवारीबोधका साथ योगदान गर्न सके संक्रमणकालीन न्याय टुंगो लगाउन सकिने बताए । ज्ञवालीले संक्रमणकालीन न्यायसँग सम्बन्धित रहेर यसअघि नै ६३ हजार निवेदन दर्ता भइसकेको र २५ सय धेरै बेपत्ताका निवेदनहरू रहेको बताए । यौनजन्य दुर्व्यवहार, बलात्कार लगायतका निवेदनहरू अझै आउने क्रम रहेको बताए । त्यसलाई समाधान गर्न र सत्य स्थापित गर्नेकुरामा अघि बढ्नुपर्ने बताए ।

उपमहासचिव ज्ञवाली भन्छन्, ‘संक्रमणकालीन न्याय टुंग्याउनका लागि जो आयोगमा पदाधिकारी आउँछ । जो आएपछि संक्रमणकालीन न्यायको मर्म बुझेको, र त्यो टुंग्याउने कमिटमेण्ट लिएर आउनुपर्छ । किनभने हामीलाई च्यालेन्ज छ । दुई दुई वटा आयोगहरूले आफ्नो कार्य सम्पादन गर्न नसकेको कारणले अब बन्ने आयोगले गर्दछन् भन्ने कुराको विश्वास दिलाउनु नै हाम्रो निम्ति ठूलो चुनौती । म आग्रह गर्दछु, यसमा सबैले जिम्मेवारीबोधका साथ योगदान गरौँ । ६३ हजार पहिलादेखि नै दर्ता भइसकेको निवेदनहरू छन्, टिआरसीमा । २५ सय धेरै बेपत्तामा छन् । यौनजन्य दुर्व्यवहार, बलात्कार लगायतका निम्ति थप गरेका छौँ । अरु थपिँदैछन् । आफैँमा एउटा ठूलो कुरा छ । त्यसलाई समाधान गर्न र सत्य स्थापित गर्नेकुरामा हामी जानुपर्छ ।’

ज्ञवालीले संक्रमणकालीन न्याय टुंग्याउन धेरै कुरा गर्न बाँकी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर