
जीवन भोगाइ र अनुभवको लिखित सङ्गालो नै पुस्तक हो: सुशीला कार्की


पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले मान्छेले आफ्नो जीवनमा देखे, भोगेका विविध आयामहरूलाई भाषा र शिलशिला मिलाएर लेख्नु नै साहित्य भएको बताएकी छिन् ।
शनिवार काठमाडौंमा आयोजित साहित्यकार गोपाल पाण्डेको पुस्तक विमोचन कार्यक्रममा कार्कीले यस्तो बताएकी हुन् । उनले पुस्तक लेख्दा भाषागत रुपमा पठनीय हुनुपर्ने बताइन् । उनले आम नेपालीको जीवनयापनका क्रममा भोगेका अनुभवको संगालोमा साहित्यक पुस्तकहरू लेख्न सकिने बताइन् । उनले पाण्डे परिवार साहित्य लेखनमा मात्रै नभई देशलाई माथि उकास्ने खान्दानी परिवारको रुपमा चिनिएको बताइन् । उनले गाउँ सेवा नै देशको सेवा भनेर पुस्तकमार्फत लेखक पाण्डेले प्रस्तुत गरेकी थिइन् ।
कार्की भन्छिन्, ‘साहित्य भन्ने कुरा जहाँसम्म मलाई लाग्छ मान्छेले जीवनमा जे भोगेको हुन्छ, मान्छेले जे अनुभूति गरेको हुन्छ । मान्छेले जे देखेको हुन्छ, जल्लाई पर्सेप्सन भन्छ त्यसैलाई भाषा मिलाएर एउटा राम्रो पठनीय हिसाबबाट लेख्यो भने त्यो साहित्य हुन्छ । उहाँले आफ्नो दुःख सुख गरेर हाम्रो आम नेपालीहरूको लाइफै के छ र पहाडतिर बस्ने उकालो ओरालो हिँड्यो भुटेको मकै खायो, भटमास खायो । हाम्रो पीढीले त त्यही नै भोगेको हो । त्यो बेलाको उहाँले यो पुस्तकमा पुरा जीवन लेख्नुभएको छ । यो हेर्दा के देखिन्छ भने एउटा पाण्डे परिवार खान्दानीया बलियो, नेपाली समाजलाई, मुलुकलाई उकास्ने गोपाल असित पाण्डे भनेपछि कस्ले नचिन्ने र ? गाउँ सेवा नै देशको सेवा हो भनेर आफ्नो अन्तरमनको भावनालाई प्रस्तुत गर्नुभएको छ ।’
पूर्व प्रधानन्यायाधीश कार्कीले अन्तर आत्मामा छुने भावनात्मक विचारले भरिपूर्ण पाण्डेको लेखन प्रशंसनीय भएको बताइन् ।
प्रतिक्रिया