
रामायण टेलिश्रृङ्खलाका नायक गोविल नेपालमा


बहुचर्चित टेलिश्रृङ्खला ‘रामायण’मा रामको भूमिका निर्वाह गरेका अभिनेता अरुण गोविल नेपाल आइपुगेका छन् ।
भारतीय जनता पार्टीका सांसदसमेत रहेका गोविल शुक्रबार नेपाल आइपुगेका हुन् ।
काठमाडौंमा आयोजित हुने जनजाती कल्याण आश्रमको वार्षिकोत्सवमा सहभागी हुन गोविल नेपाल आइपुगेका हुन् ।
दूरदराजका विपन्न बालबालिकालाई निःशुल्क पढाउने गर्छ, उक्त आश्रमले । २०५९ सालदेखि दूरदराजका बालबालिकालाई निःशुल्क पढाउने आश्रमका देशभर ११ वटा छात्रवास छ । यी छात्रवासमा ५ सयभन्दा बढी विद्यार्थी छन् ।
काठमाडौं आइपुगेका गोविल शनिबार जनजाती कल्याण आश्रमको वार्षिकोत्सवमा सहभागी हुनेछन् ।
प्रतिक्रिया