दुर्गा प्रसाईंलाई म्याद थपको लागि अदालत लगियो

चैत्र १५ गते काठमाडौंको तीनकुने घटना घट्नुमा मुख्य दोषी ठहर गरेर प्रहरीले पक्राउ गरेको उक्त प्रदर्शनको जनकमाण्डर दुर्गा प्रसाईंलाई म्याद थपको लागि जिल्ला अदालत काठमाडौंमा लगिएको छ । प्रहरीले उनलाई आजै झापाबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।

प्रसाईंलाई कम्तिमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्नेगरि तयारी थालेको छ । घट्ना भएकै दिन राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा पक्राउ परेका थिए । उनीहरुलाई प्रहरीले अदालतबाट दुई पटक म्याद थप गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर