
सुनको मूल्य तोलाको १ लाख ८५ हजार पुग्यो


नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य तोलाको १ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन बिहीबार सुन तोलाको १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया