बार एसोसिएसनमा मिश्रको प्यानलै निर्वाचित, कसले कति मत पाए ? (सूचीसहित)

नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रा.डा. विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । बिहीबार दिउँसो सकिएको मतगणनाअनुसार बार अध्यक्षमा मिश्र निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित मिश्रले दोब्बर मतान्तरले अर्का उम्मेदवार रमनकुमार श्रेष्ठलाई हराए । अध्यक्षमा निर्वाचित मिश्रले ५ हजार ५२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २ हजार ६ सय २१ मत पाएका छन् । यस्तै, महासचिवमा मिश्र प्यानलकै केदारप्रसाद कोइराला निर्वाचित भए ।

कोइरालाले ४ हजार ८ सय ७४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले २ हजार ३ सय ६७ मत पाए । त्यसैगरी, कोषाध्यक्षमा मिश्रकै प्यानलका जगतबहादुर कार्की निर्वाचित भएका छन् । उनले ५ हजार ८७ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी दीपक राईले १ हजार ९ सय ५० मत पाए ।

यसैगरी, उपाध्यक्षहरूमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बू, मधेशबाट अजय शंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा भने सरस्वती श्रेष्ठ निर्वाचित भएकी छिन् । उनीहरू सबै मिश्र प्यानलकै हुन् ।

यस्तै, सदस्यहरूमा चिरञ्जिवी तिलक्यानी (दलित), सूर्यकुमार यादव र रिंकु कुमारी यादव (मधेशी/मुस्लिम), राजकुमार श्रेष्ठ  र मंगल सुन्दर शिल्पकार (आदिवासी जनजाति),  इन्दिरा आचार्य र  रंजिता कार्की (महिला ) तथा काठमाडौं उपत्यका बाहिरबाट सदस्यमा किरण पौडेल निर्वाचित भएका छन् ।

यसैगरी, खुल्ला सदस्यहरूमा किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, डा. मुकुन्द अधिकारी र माधव मैनाली निर्वाचित भएका छन् ।
कसले कति मत पाए ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर