सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ८१ हजार नाघ्यो

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच हजार सात सय रुपैयाँले बढेर एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो  ।

त्यस्तै, आज चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ। बुधबार १ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर