
द्रुपदा सापकोटा बनिन् कन्सुलर विभागको पहिलो महिला महानिर्देशक


परराष्ट्रमन्त्रालयका एक दर्जन सहसचिवहरुको सरुवा भएको छ । सरुवा हुनेमा अधिकांश बढुवा भएर विदेशबाट फर्केका र सहसचिवको परिक्षा पास भएकाहरु छन् ।
मन्त्रालयले सहसचिवहरु पारस पण्डित, हरि ओडारी, ज्ञानबहादुर मगर, दधी भण्डारी, लक्ष्मण खनाल,द्रुपदा सापकोटा,सुरेन्द्र यादव र सुरेश अधिकारीहरुको सरुवा गरेको छ ।
सरुवा हुनेमा अधिकांशलाई महावाणिज्यदूतको जिम्मेवारी दिइएको छ । जसअनुसार सार्कबाट भर्खरै मन्त्रालय फर्केका ओडारीलाई दुवई, पण्डितलाई साउदी अरेबियाको जेद्दा र खनाललाई सान फ्रान्सिस्कोको महावाणिज्यदूत बनाइएको छ ।
सहसचिव मगरलाई न्युयोर्कमा रहेको नेपाली नियोग भण्डारीलाई अमेरिकामा रहेको नेपाली दूतावास र दिल्लीबाट फर्केकी सापकोटालाई कन्सुलर विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । यससंगै कन्सुलरको महानिर्देशक बन्ने उनि पहिलो महिला भएकी छन् ।
सापकोटा दिल्ली दूतावासमा पोलिटिकल काउन्सिलरका रुपमा कार्यरत थिईन । उनले त्यसअघि मलेसिया र अष्ट्रेलियामा रहेको नेपाली दूतावासमा कार्यवाहक राजदूत भएर काम गरिसकेकी छिन् ।
कन्सुलर विभागले विदेशमा रहेका नेपालीहरुका हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहल, कन्सुलर प्रमाणीकरण, विदेशी नियोग तथा कूटनीतिक पदाधिकारीहरुलाई प्रदान गरिने सुविधा तथा उन्मुक्तिलगायतका महत्वपूर्ण काम गर्दै आएको छ ।
त्यसका साथै नेपाल सरकारको मनोनयनमा विदेश भ्रमण गर्ने पदाधिकारीहरुका लागि सम्बन्धित देशको प्रवेशाज्ञाको लागि सिफारिस गर्ने काम समेत यो विभागले गर्दै आएको छ ।
सहसचिव सापकोटा पाकिस्तानमा रहेकी नेपाली राजदूत रिता धितालपछि महिला सहसचिवमा सबैभन्दा सिनियर हुन् । उनिपछि भर्खरै सहसचिवमा इला मैनाली, रोजिना ताम्राकार र रोशन खनालले नाम निकाल्न सफल भएकी छिन् ।
मन्त्रालयले खनाललाई राजदूत वन्ने लाइनमा रहेका र भर्खरै विचमै बेइजिङबाट नेपाल फर्केका सुरेन्द्र यादवको ठाउंमा पठाएको छ । यादवले प्रशासनको जिम्मेवारी सम्हालेका छन् । उता अर्का राजदूतका प्रतिस्पर्धी कौशलकिशोर यादव पनि नेपाल फर्कने तयारीमा लागेका छन् ।
सहसचिवहरु मैनाली र ताम्राकार भने अहिले प्रशासन महाशाखामै छिन्। उनिहरुको चांडै जिम्मेवारी तोक्ने मन्त्रालयको तयारी छ ।
प्रतिक्रिया