
खैरोहिरोइनसहित हेटौँडाबाट २ जना पक्राउ


मकवानपुर प्रहरीले अवैध लागूऔषध खैरोहिरोइन सहित हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुर मौवाटारबाट २ जनालाई पक्राउ गरेको छ।
लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेवारपानीको टोलीले २ जनालाई पक्राउ गरेको हो।
मौवाटारस्थित सुजिता गुरागाईंको घरबाट हेटौंडा-१३ ठूलोथली बस्ने २१ वर्षीय हरसित राज मुक्तान र राक्सिराङ गाउँपालिका-३ पलाँसे बस्ने २२ वर्षका समतेन डिम्डुङलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट ३६ ग्राम ४२० मिलीग्राम लागूऔषध खैरोहिरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरीले उनीहरुको शरीर तथा कोठा खानतलासी गर्दा लुकाएर राखेको अवस्थाको खैरोहिरोइन फेला पारेको प्रहरीले बताएको छ ।
लागूऔषधसहित पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत मकवानपुरबाट एकहप्ताको म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता अर्यालले बताए ।
- ‘ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादबारे सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्छ’
- एमाले सांसदलाई ओलीको निर्देशन- विधेयक जसो पायो त्यसै पारित हुन नदिनुस्
- देउवाजीले सरकार ढल्दैन भनेपछि पुर्पुरोमा हात लगाएर खुई गर्दै बसेका छन् : प्रधानमन्त्री ओली
- बौद्धिक सम्पतीसम्बन्धी नयाँ कानुन निर्माणको तयारीमा छौँ : उद्योगमन्त्री
प्रतिक्रिया