नेपाल–भारतबीचको सम्बन्ध बहुआयामिक छ : प्रदीप ज्ञवाली

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल–भारतबीको सम्बन्ध बहुआयामिक रहेको बताएका छन् ।

गणेशमान सिंह फाउण्डेसनले सोमवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पु¥याएका योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल र भारत नजिकका साथी भएको कारण कुनै पनि विषयमा रहेका समस्याहरू संवादमार्फत समाधान गर्न सकिने उल्लेख गरे ।

विश्वपरिस्थितिमा आएको गतिशीलताले नेपाल–भारतसँगै दक्षिण एशियालाई नै सहकार्य र पारस्परिक समझदारीको बाटोमा अगाडि बढ्नको लागि आह्वान गरिरहेको उनको भनाइ छ ।

उनले नेपालको विकास र छिटो रूपान्तरण हुने चाहनामा भारत अझै उदार भएर सहयोग बन्नुपर्नेमा उनको जोड छ ।

उनले भने, ‘नेपाल–भारत सम्बन्ध बहुआयामिक छ । हामी असाध्यै नजिकका साथीहरू हौं । नजिकको साथी भएको हुनाले कहिले कहीँ केही इस्युहरुमा समस्याहरू देखा पनि पर्नसक्छन् । त्यसमा समाधान गर्न नसकिने कुनै पनि विषय छ जस्तो मलाई लाग्दैन । विश्वपरिस्थितिमा नयाँ नयाँ डाइनामिक्सहरु आइरहेका छन् । त्यो डाइनामिक्सले नेपाल—भारत सम्बन्धलाई र दक्षिण एशियालाई अझै बढी घनिष्ट र सहकार्यको बाटोबाट, पारस्परिक समझदारीको बाटोबाट अगाडि बढ्नका निम्ति आह्वान गरिरहेको छ । भारतले जसरी तरक्की गरिरहेको छ त्यो तरक्कीसँग नेपाल पनि कुनै न कुनै हिसाबले जोडिन चाहन्छ । छरछिमेकमा आइरहेका विकासहरूसँग सँगै छोटो समयमा जनतालाई एउटा सुखी जीवन दिने नेपाली राजनीतिक दलहरूको चाहना छ । नेपालको विकासको चाहनामा, विकासमा छिटो रूपान्तरण चाहने नेपालको चाहानामा भारत अझै बढी उदार भएर सहयोगी बनोस् । म यो आग्रह पनि गर्न चाहन्छु ।’

फरक प्रसंगमा बोल्दै उपमहासचिव ज्ञवालीले लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र मात्र हुनसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *