
तीनकुनेमा ट्राफिक लाइट फुटाउने र जडीबुटी केन्द्रमा आगो लगाउने व्यक्ति पक्राउ


तीनकुनेको ट्राफिक लाइट फुटाउने र जडीबुटीको प्रशोधन केन्द्रको भवनमा आगो लगाउने मुख्य व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षीय कुमार तामाङ रहेका छन् ।
गत चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा उनले ट्राफिक लाइट फुटाएको र जडीबुटीको प्रशोधन केन्द्रको भवनमा आगो लगाएको आरोपमा प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुद्वारा तामाङलाई गिरफ्तार गरेको हो ।
प्रतिक्रिया