सेयर बजार राताम्मे, ३३ अंकले घट्यो

सोमबार सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ ।

२७०३ अंकबाट खुलेको बजार बन्द हुँदा ३३.३३ अंक घटेर २६७० मा कायम भएको छ ।

कुल २३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६५ करोडमा खुम्चियो ।

सबै सेक्टरका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै ३.१ प्रतिशत घट्यो । बैंकिङ ०.९७, विकास बैंक १.११, होटेल तथा पर्यटन १.३५, फाइनान्स २.२६, हाइड्रोपावर १.३७, लगानी १.६९, जीवन बीमा ०.८३, उत्पादन १.४२, माइक्रोफाइनान्स १.०३, निर्जीवन बीमा १.२२ र अन्य ०.४४ प्रतिशत घटेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *