बार निर्वाचनको मतगणना १२ बजेबाट सुरु हुने

शनिबार सम्पन्न नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणना आज शुरु हुँदैछ।

आज बिहान १० बजे बैठक बसेर दिउँसो १२ बजेदेखि मतगणना सुरु गर्ने तयारी रहेको प्रमुख निर्वाचन अधिकृत रामकृष्ण निरलाले जानकारी दिए। उनका अनुसार सबै बुथ संकलन भइसकेपछि मत गणना सुरु गर्न लागिएको हो।

काठमाडौँ स्थित बारको कार्यालयमै मतगणना गरिनेछ। मतगणना सक्ने ३ देखि ४ दिन सम्म लाग्न सक्ने उनले बताए। बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको चयनका लागि शनिबार मतदान भएको थियो।

काठमाडौँ र बाहिर गरी ३६ वटा केन्द्रमा मतदान भएको हो। नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन्।

२५ पदका लागि ५७ जना चुनावी मैदानमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर