चार महिनापछि ताप्लेजुङमा हवाई सेवा सुरु

करिब चार महिनापछि ताप्लेजुङमा हवाई उडान सुरु भएको छ । गत मङ्सिर २८ गतेदेखि बन्द रहेको ताप्लेजुङको सुकेटार विमास्थलमा आइतबारबाट हवाइ उडान सुरु भएको हो।

नेपाल वायु सेवा निगमको जहाजले आजबाट काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान सुरु गरेको छ।  शुक्रबार तालिका तय भए पनि प्राविधिक समस्याका कारण आइतबारका लागि उडान सारिएको थियो। काठमाडौंबाट पाँच जना यात्रु लिएर आएको नेपाल वायु सेवा निगम ताप्लेजुङका कर्मचारी कुमार गुरुङले जानकारी दिए।

उनका अनुसार ताप्लेजुङबाट पुरुष चार र महिला दुई जना गरी ६ जना काठमाडौं गएका छन्।  गत चैत १६ गते शनिबारदेखि उडान गर्ने तालिका अनुसार जहाज आए पनि अवतरण हुन नसकेपछि जहाज पुनः काठमाडौं फर्किएको थियो। जसका कारण १० जना यात्रु लिएर आएको जहाज भिजिबिलिटी कम भएकाले अवतरण हुन सकेको थिएन। सो उडान सफल हुन नसक्दा ताप्लेजुङबाट उपचारका लागि काठमाडौंबाट हिँडेका चार जना यात्रु प्रभावित भएका थिए।

नेपाल वायु सेवा निगमको दुई वटा जहाज ग्राउण्डेड भएपछि चार महिनादेखि हवाई उडान ठप्प भएको थियो। तत्कालका लागि हाल सातामा एक दिन मात्रै उडान तय भएको थियो। आगामी उडान तालिका तत्काल आई नसकेको निगमले जनाएको छ। सातामा एक दिनमा उडान तालिका राख्दै आएको र वैशाखपछि थप गरिने तयारीमा रहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *