अर्घाखाँचीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।

मालारानी गाउँपालिका–३ ढुंगाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा भएको उक्त दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी बाबुराम अर्यालले बताए।

लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको हो।

दुर्घटनाको खबर प्राप्त भएपछि बिहानै इलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमान्डमा सात जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलीप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

अन्य दुई घाइते भुवन पोख्रेल र बसन्त पोख्रेललाई थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर