रास्वपालाई योगेशको प्रश्न- कुनै न्यायाधीशको जय जयकार, कसैलाई सत्तोसराप ?

सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले रास्वपाले कुनै न्यायाधीशको जय जयकार गर्दा कसैलाई सत्तोसराप गरेको टिप्पणी गरेका छन् ।

‘रास्वपा मित्रहरू, कुनै न्यायाधीशको जय जयकार, कुनै न्यायाधीशको सत्तोसराप ? यो के हो ?,’ उनले फेसबुकमा लेखेका छन् ।

रास्वपा नेताहरूले पार्टी सभापति रवि लामिछानेलाई पुनः जेल पठाउने न्यायाधीशहरूको आलोचना गरिरहेका छन् । न्यायाधीशहरू पनि पार्टीकै मान्छे भएको भन्दै उनीहरूले सरकारकै निर्देशनमा लामिछानेलाई पुनः थुनामा पठाइएको बताइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *