
शंकर पोखरेलको प्रश्न- पक्राउ पूर्जी काट्ने ‘रीति र थिति’ लामिछाने गृहमन्त्री हुँदा के थियो ?


एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने गृहमन्त्री हुँदाको अवस्था के थियो भन्दै टिप्पणी गरेका छन्।
गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रहेको समयमा लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले थुनामा पठाउने आदेश आएपछि पक्राउको विषयलाई लिए प्रहरीमाथि रास्वपाका नेताहरूले विरोध गरेपछि उनले यस्तो बताएका हुन्।
उनले लामिछाने गृहमन्त्री हुँदा ‘रिति र थिति’ कस्तो थियो स्मरण गर्न रास्वपाका नेताहरुलाई आग्रह गरेका छन्। उनले सुधारको खोजी यस्तै बेलामा हुने तर्क समेत गरेका छन्। पोखरेलले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्,‘प्रहरीको पूर्जी काट्ने रीति र थितिु रवि जी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने हेक्का रास्वपाका नेताहरुलाई थाहा नहुने कुरै भएन । तर पनि सुधारको खोजी यस्तै बेलामा हुने त हो नि !?’
शुक्रबार पक्राउ परेका लामिछाने राति जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको छ। लामिछानेलाई अदालतमा उपस्थित गराउन शनिबार प्लेनमार्फत भैरहवा लैजाने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ। विमानमार्फत भैरहवा पठाएर लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान हुनेछन्।
प्रतिक्रिया