तीनकुने घटनाका दोषीलाई कानूनी कठघरामा उभ्याउँछौँ : रक्षामन्त्री

रक्षामन्त्री मानवीर राईले तीनकुने घटनाका दोषीहरूलाई कानूनी कठघरामा उभ्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले तीनकुने घटनामा देशकै बेइज्जत हुने गरी सुपरमार्केट, मिडिया तथा व्यवसायमाथि आक्रमण भएकोप्रति दुःख प्रकट गरे। उनले उद्योग व्यवसायीहरूको सुरक्षाका लागि सरकार लागि पर्ने उनको भनाइ छ।

मन्त्री राईले भने, ‘तीनकुनेका देखिएको घटना एउटा सुपरमार्केटमा भाटभटेनी लगायत अन्य व्यवसायहरूमा, मिडियामाथि, व्यवसायमाथि जुन ढंगले आक्रमण भयो देशको बेइज्जत हुने गरी आक्रमण भयो‚ यो घटनाप्रति म दुःख प्रकट गर्छु। उद्योग व्यवसायमा लगानी गर्ने महानुभावहरुलाई म आह्वान गर्न चाहन्छु कि सरकार यसका दोषीलाई कानूनी कठघरामा उभ्याउँछ। उद्योग व्यवसायीहरूको सुरक्षामा सरकार लागिपर्ने छ भन्ने कुरा राख्न चाहन्छु।’

मन्त्री राईले उद्योग व्यवसायीले विगतमा भएका कठिन र जटिल समयमा दुःख कष्ट झेलेर नेपालको आर्थिक क्षेत्रमा ठूलो योगदान गरेको बताए। उद्योग व्यवसायीको सहजताका लागि कानूनी जटिलता फुकाउने प्रयास भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर