
नेपाल र भारतको झण्डा हल्लाएर कञ्चनजङ्घा हिमाल आरोहण अभियानको शुभारम्भ


नेपाल र भारतको झण्डा हल्लाएर कञ्चनजङ्घा हिमाल आरोहण अभियानको शुभारम्भ गरिएको छ । आगामी अप्रिल देखि मे सम्म सञ्चालन हुने अभियानको बिहिबार भारतको राजधानी नयाँ दिल्लीस्थित रक्षा मन्त्रालयमा नेपाल र भारको झण्डा हल्लाएर शुभारम्भ गरिएको हो ।
हिमाल आरोहण अभियानमा नेपाली सेना र भारतीय सेनाको संयुक्त सहभागितामा रहने जनाइएको छ ।
अभियान शुभारम्भ समारोहमा भारतका रक्षा मन्त्री राजनाथ सिंहले नेपाली सेना र भारतीय सेनाको संयुक्त आरोहण टोलीहरुलाई झण्डा हस्तान्तरण गरे । नेपाली सेनाको तर्फबाट सैनिक तालिम महानिर्देशक उपरथी ध्रुव प्रकाश शाह सहभागी थिए ।
समारोहमा भारतका जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, नेपालका लागि भारतस्थित राजदूत डा. शंकर प्रसाद शर्मा, सैनिक सहचारी तथा अन्य विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो।
आरोहण अभियानमा भारतीय सेनाका ३४ पर्वतारोहीले सगरमाथा आरोहण गर्ने लक्ष्य राखिएको छ । टोलीले परम्परागत दक्षिणी कर्नलको मार्ग अवलम्बन गर्नेछन्। नेपाल–भारत संयुक्त अभियानको उद्देश्य कञ्चनजङ्घा हिमाल आरोहण गर्ने हो । जसमा भारतीय सेनाका १२ र नेपाली सेनाका ६ पर्वतारोही सहभागी हुनेछन् । जसको नेतृत्व भारतीय सेनाका कर्णेल सरफराज सिंहले गर्नेछन् ।
साथै, सगरमाथामा एनसीसीको संयुक्त अभियानको नेतृत्व कर्णेल अमित बिष्टले गर्नेछन्। टोलीमा पाँच केटी क्याडेट, पाँच विद्यार्थी क्याडेट, चार अफिसर र ११ स्थायी तालिम कर्मचारी रहेका छन् ।
प्रतिक्रिया