करिब २१ लाख अवैध रकमसहित तिब्बती महिला पक्राउ

प्रहरीले करिब २१ लाख अवैध रकमसहित तिब्बती महिलालाई काठमाडौंबाट नियन्त्रणमा लिएको छ ।

तिब्बत स्थायी ठेगाना भएकी २६ वर्षीया रिक्से वाङमोलाई प्रहरीले काठमाडौं बौद्धबाट पक्राउ गरेको हो । उनी पछिल्लो समय भने भारतको सुजा मडीमा बस्दै आएकी छन् ।

हुण्डीको अवैध कारोबार भइरहेको सूचना पाएपछि प्रहरी नायव उपरीक्षक (डीएसपी) कुष्णकुमार चन्द नेतृत्वको प्रहरी वृत्त जनसेवाको टोलीले खानतलासी गर्दा उनको साथबाट २० लाख ९२ हजार रुपैयाँ र एउटा मोबाएल बरामद गरेको थियो । उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *