नेपाली सेनाले मनायो जनसम्पर्क तथा सूचना निर्देशनालय दिवस

नेपाली सेनाले जनसम्पर्क तथा सूचना निर्देशनालयको २३ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। प्रधानसेनापति अशोक राज सिग्देलको प्रमुख आतिथ्यतामा जङ्गी अड्डामा विविध कार्यक्रमसहित सम्पन्न भएको हो।

नेपाली सेनाको सूचना प्रवाह तथा जनसम्पर्क प्रवर्द्धन गर्ने उद्देश्यले वार्षिकोत्सव मनाइएको हो।

२०५८ साल चैत २० गते स्थापना भएको निर्देशनालयले नेपाली सेनाको जिम्मेवारी सम्पादनका साथै विविध कार्यहरू आम नागरिकसम्म पुर्‍याउने कार्य गर्दै आएको छ।

कार्यक्रमको अवसरमा नेपाली सेना लघु चलचित्र प्रतियोगिताका उत्कृष्ट तीन चलचित्र प्रदर्शन तथा विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै, उपरथी आश बहादुर तामाङ्ग पिएचडी (अवकाश प्राप्त) द्वारा रचित कविता, गजल तथा लेखहरूको संग्रह सिपाहीको कलमबाट अङ्क-२ विमोचन गरिएको थियो।

यसैगरी, सिपाही वार्षिक(२०८१) मा प्रकाशित उत्कृष्ट तीन लेखका सर्जकहरूलाई तथा मूल्याङ्कन समितिका सदस्यहरूलाई सम्मान प्रदान गरियो। नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनीमा उत्कृष्ट प्रदर्शन गर्ने तीन युनिटहरूलाई पनि प्रमाणपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरिएको थियो।

जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ता सहायक रथी  गौरव कुमार केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सैनिक श्रीमती संघकी अध्यक्ष, बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, निर्देशनालयका पूर्व निर्देशकहरू, सैनिक श्रीमती संघका पदाधिकारीहरू, चलचित्र विकास बोर्डका अध्यक्ष, अधिकृतहरू, विभिन्न प्रतियोगिताका मूल्याङ्कन समितिका सदस्यहरू, लघु चलचित्र प्रतियोगीहरू, प्राध्यापक, लेखक, सञ्चारकर्मी तथा कलाकारहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *