
सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको हो ।
हिजो बुधवार विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको अगुवाइमा र्याली निकालिएको थियो । उक्त र्यालीमा देशभरका ५० हजारभन्दा बढी शिक्षकहरू सहभागी थिए ।
हेर्नुहोस् शिक्षा मन्त्रालयको विज्ञप्ति
प्रतिक्रिया