अमेरिकाले चीनमा रहेका कर्मचारीहरूलाई चिनियाँ नागरिकसँग प्रेम र याैन सम्बन्धमा प्रतिबन्ध लगायो

संयुक्त राज्य अमेरिकाले चीनमा कार्यरत आफ्ना सरकारी कर्मचारीहरूलाई चिनियाँ नागरिकहरूसँग प्रेम वा यौन सम्बन्ध कायम गर्नबाट रोक लगाएको छ।

यो निर्णयले अमेरिकी दूतावास, वाणिज्य दूतावास र अन्य सरकारी नियोगहरूमा कार्यरत सबै कर्मचारीहरूलाई प्रभाव पार्नेछ।

जानकारी अनुसार, निवर्तमान अमेरिकी राजदूत निकोलस बर्न्सले जनवरी महिनामा नै यो नीति लागू गरेका थिए। यसअघि केही एजेन्सीहरूमा व्यक्तिगत सम्बन्धसम्बन्धी नियमहरू थिए तर शीतयुद्धकालपछि यो पहिलो पटक यस्तो व्यापक प्रतिबन्ध लागू गरिएको हो। नयाँ नीतिले चीनभर रहेका सबै चिनियाँ नागरिकहरूसँगको सम्बन्धलाई प्रतिबन्धित गरेको छ।

सुरक्षा विशेषज्ञहरूले यो कदमलाई चीनको “हनीपोट” रणनीतिको प्रतिक्रिया मान्छन्। यस अन्तर्गत चिनियाँ गुप्तचरहरूले विदेशी अधिकारीहरूसँग नजिकको सम्बन्ध बनाएर गोप्य जानकारी प्राप्त गर्ने प्रयास गर्छन्। पूर्व सीआईए विश्लेषक पिटर म्याटिसले बताए अनुसार चिनियाँ नागरिकसँगको कुनै पनि सम्बन्ध गुप्तचर अपरेशनको लक्ष्य बन्न सक्छ।

ऐतिहासिक रूपमा, १९८० को दशकमा सोभियत संघसँगको शीतयुद्धकालमा पनि अमेरिकाले यस्तै प्रतिबन्ध लगाएको थियो। हाल चीनले पनि आफ्ना कर्मचारीहरूलाई विदेशीहरूसँग सम्बन्ध राख्न कडाई गरेको छ।

यो निर्णयले अमेरिका-चीन बीचको बढ्दो भूराजनीतिक तनावलाई प्रतिबिम्बित गर्छ।

नयाँ नीति अनुसार नियम उल्लङ्घन गर्ने कर्मचारीहरूलाई तुरुन्तै निष्कासन गरिनेछ। अपवादको लागि औपचारिक अनुरोध गर्नुपर्नेछ र अस्वीकार भएमा सम्बन्ध विच्छेद वा पदत्याग गर्नुपर्नेछ। अमेरिकी राज्य विभागले यस विषयमा औपचारिक टिप्पणी गर्न अस्वीकार गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर