ताथलीको बालुवा र माटो तस्करीमा काठमाडौं क्यान्सर अस्पतालको मिलेमतो रहेको उपमेयर बुढाथोकीको आरोप

चाँगुनारायण नगरपालिकाका उपमेयर रमेश बुढाथोकीले ताथलीमा भइरहेको बालुवा र माटो तस्करीमा अस्पतालको मिलेमतो रहेको दाबी गरेका छन्।

बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले काठमाडौँ क्यान्सर अस्पतालको मिलेमतोमा बालुवा र माटो तस्करी भइरहेको दाबी गरेका हुन्। उनले अस्पतालका वरपरबाट रातभर माटो र बालुवा अवैध रूपमा उत्खनन हुँदा अस्पतालले कुनै जानकारी नदिएको बताए।

तस्करी नियन्त्रण गर्ने क्रममा डोजरमा ताल्चा लगाउँदा समेत नक्कली साँचो बनाएर डोजर लैजाने गरेको उनको भनाइ छ। उनले अवैध उत्खनन गरेर राखिएका बालुवा तथा माटो लिलामी प्रक्रियामा अगाडि बढाइएको बताए।

उनले भने, ‘वरपर भएको बालुवा सिज गर्ने र त्यहाँ वरपरको बालुवा लिलामी प्रक्रियामा अघि बढाउन मैले राजस्व शाखालाई निर्देशन दिएको छु। यो विषयमा काठमाडौँ क्यान्सर अस्पतालको पनि मिलेमतो छ भन्ने हामीलाई लागेको छ।’ ​

उपमेयर बुढाथोकीले कुनै व्यवसायीले माटो र बालुवा झिक्न लगाएको प्रमाण फेला परे नगरले दिने सम्पूर्ण सेवा सुविधा रोक्ने चेतावनी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *