भीमार्जुन आचार्यका फेसबुक स्ट्याटस गायब, भन्छन्- लोकतन्त्रको कार्यान्वयन सुरु भएको जस्तो छ

संविधानविद् भीमार्जुन आचार्यले राजावादी आन्दोलनका सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगमाथि प्रश्न उठाएर लेखेको एउटा स्ट्याटस फेसबुकबाटै केहीबेरमा ‘गायब’ भएको छ ।

उनले सरकारले राज्य आतंक मच्चाउँदा मिडिया, नागरिक समाजदेखि मानवअधिकार आयोगसम्म नराम्ररी चुकेको टिप्पणी गरेका थिए ।

तर, आफ्नो स्ट्याटस अहिले टाइमलाइनमा नदेख्दा आचार्य अचम्ममा परेका छन् ।

आचार्यको फेसबुक भेरिफाइड छैन । उनले अर्को स्ट्याटस लेख्दै ‘लोकतन्त्रको कार्यान्वयन सुरु भएको आशंका’ गरेका छन् ।

आचार्यले लेखेका छन्, मेरो भर्खरैको स्ट्याटस फेसबुकमा सिन छैन । लोकतन्त्रको कार्यान्वयन सुरु भए जस्तो छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर