
जनकपुरमा हत्याको बिरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप, एक दर्जन बढी घाइते


जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बिन्धीमा युवक हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबिच झडप भएको छ ।
जनकपुरधाम–भिठामोड सडकखण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका स्थानीयलाई प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो ।
झडपका क्रममा एक दर्जनभन्दा बढी स्थानीय तथा केही प्रहरीसमेत घाइते भएको बताइएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउण्ड अश्रुग्याससमेत प्रहार गरेको छ । १५ दिनअघि होलीको दिन जनकपुरधाम–२३ बिन्धीमा १७ वर्षीय आशु यादवको चक्कु प्रहार गरी हत्या गरिएको थियो ।
घटनामा संलग्न भनिएको एक युवक पक्राउ परे पनि अन्य ६ जना अझै फरार रहेका छन् । हत्यामा संलग्न अन्य व्यक्तिहरूलाई प्रहरीले अझै पक्राउ नगरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् ।
उनीहरूले बिहानैदेखि सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया