
प्रहरीले भन्यो- राजावादीको आन्दोलनमा आगजनी, तोडफोड लुटपाटमा संलग्नहरूको सूचना दिनु

नेपाल प्रहरीले राजसंस्था पुनः स्थापनाको माग गर्दै काठमाडौँमा भएको प्रदर्शनका क्रममा अराजक गतिविधि र लुटपाटमा संलग्न व्यक्तिहरूबारे सूचना दिन दिन आग्रह गरेको छ ।
शुक्रबार काठमाडौँको तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटीलगायतका विभिन्न क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत निजी तथा सरकारी सवारी साधनहरूमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका प्रमाण उपलब्ध गराइदिन सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको हो ।
प्रहरी मुख्यालयले एक सार्वजनिक सूचना जारी गरी अनुसन्धानको प्रमाण संकलनका लागि सर्वसाधारणसँग भएका तथ्यपरक सूचना (फोटो, भिडिओ, संलग्न व्यक्तिको विवरण) उपलब्ध गरी अनुसन्धानमा सहयोग गरिदिन भनेको छ ।
सूचना र सूचनाकर्ताको गोपनीयता कायम रहने समेत बताइएको छ । सूचना पठाउनको लागि प्रहरीले इमेल आइडी सार्वजनिक गरेको छ ।
प्रतिक्रिया