
पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना (पत्रसहित)

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रूपैयाँ जरिबाना तोकेको छ ।
महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ८ वटा शीर्षकमा गरेर सो रकमको जरिवाना तोकेको हो ।
महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ ।
महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश कुमार अर्यालसहित विभिन्न विभागका अधिकृतहरूले ज्ञानेन्द्र शाह निर्मल निवास, काठमाडौंका नाममा पत्र प्रेषितगर्दै ७ लाख ९३ हजार रूपैयाँ जरिवाना तोकेका हुन् ।
चलानी नम्वरहरू ४५५ देखि ४६२ रहेको पत्रमा नगर प्रहरी उपरीक्षक अर्यालसहित विभिन्न विभागका अधिकृतहरूले चैत्र १५ गतेका दिन काठमाडौं महानगरपालिका वडा नं ३२ तिनकुनेमा आयोजना गरिएको कार्यक्रमबाट कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदुषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको उल्लेख छ ।
महानगरपालिकाले निजी सम्पत्तिको क्षतिपूर्ति स्थानीय सरकारको क्षेत्राधिकारभित्र नभएकोले त्यस सम्बन्धमा कुनै निर्णय नभएको उल्लेख गरेकाे छ ।
शुक्रबार राजावादीहरूले साे क्षेत्रमा प्रदर्शन गरेका थिए । एकाएक हिँसक भएकाे प्रदर्शनमा दुइजनाकाे मृत्यु हुनुका साथै दर्जनाै घाइते भएका छन् । यस्तै ब्यक्तिगत र सरकारी सम्पत्तिमा ठुलाे क्षति भएकाे छ ।
पढाैं पत्रहरूः
प्रतिक्रिया