दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर पक्राउ

तीनकुने घटनामा संलग्न भएको भन्दै प्रहरीले दुर्गा प्रसाईं निकट युवा समूहका एक कमाण्डरलाई पक्राउ गरेको छ ।

‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बालाजु क्षेत्रबाट आज पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।

शुक्रबार तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनमा राजभण्डारी पनि सहभागी थिए । प्रदर्शन हिंसात्मक हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर