
‘मौसुफ’हरूले (न) बुझेको राजनीति


देशमा भएको पछिल्लो राजनीतिक परिवर्तनमा होस वा संविधानमा सुझाव संकलनमा आमनेपालीमध्ये धेरैले कुनै न कुनै रुपमा राजसंस्था र राजाको स्थान सुनिश्चितका लागि भनेका थिए । आन्दोलन चर्किदै गएपछि नारायणहिटीबाट राजा ज्ञानेन्द्रको सौहार्दपूर्ण बर्हिगमनसँगै त्यसपछिका दुई दशकमा देशको राजनीतिक पटलमा भएको नाट्य मञ्चनले राजाले आफ्नो स्थान बनाएका थिए ।
देशमा भ्रष्टाचार, अनियमितता, संघियतामा गणराज्यहरुको असफलता र बढ्दो महँगीकाबीच नागरिकहरु फेरि एकपटक राजा र राजसंस्थाको पक्षमा देखिन् थालेका थिए । त्यसकै स्वरुपमा नागरिकहरुले नयाँ राजनीतिक दल, ब्यक्ति र संस्थामाथि विश्वास गर्न थाले । यसको पछिल्लो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेसहित बालेन्द्र साह, गोपाल हमाल र हर्कराज राईहरुको उदय भएको हो ।
पोखराबाट राजा ज्ञानेन्द्र काठमाडौं फर्कदा विमानस्थलदेखि निर्मल निवाससम्म देखिएको जनलहर स्थापित दलहरुका लागि मात्र होइन् स्वयम राजसंस्था पक्षधर र राजाकै लागि पनि स्वभाविक थिएन् । त्यो जनलहरको आकंलन नगरेका दलगत पक्ष र विपक्षले त्यसपछि संयमता यसरी गुमाए कि कारागारमा राख्नुपर्ने ब्यक्तिको नेतृत्वमा कथित आन्दोलनको आह्वान गरियो । त्यस्तै हिजोका दिनमा जस्तै मिति सकिएका ब्यक्ति राजसंस्थाको पैरवीमामात्र होइन नेतृत्वमा आए । मेरो संकेत नवराज सुवेदी र दुर्गा प्रसाईँतर्फ नै हो ।
यहीक्रममा शुक्रबार जे देखियो र जे भयो त्यो राजसंस्था र राजा ज्ञानेन्द्रले नबुझेको राजनीति हो ।
देश सानो, स्वतन्त्र, सार्वभौम र विकासशीलमात्र रहेन् । नेपाल विश्वमञ्चमा चिनिएको एउटा अटल र अटेरी देश समेत भएको छ । देशका नागरिकहरु स्वतन्त्र र सार्वभौम छन् । उनीहरु सुशासन, विकास र सम्बृद्धीका पक्षधर हुन् । उनीहरु काममा निर्भर रहन चाहन्छन् । उनीहरुको इच्छा -आकंक्षा हिजोका दिनमा जस्तो सिमित छैनन् । असिमित भएका छन् ।
यस्तो परिस्थितीमा निर्मल निवासको खोपीमा बसेर तीनकुनेबाट नारायणहिटी प्रवेशको यात्रा सुखद थिएन । र कदापी हुनेछैन् ।
पोखराबाट राजा ज्ञानेन्द्र उपस्थिती भएर शायद नागरिकहरु सडकमा स्वागतका लागि आए । शुक्रबार समेत आफै उपस्थित भएर राजा ज्ञानेन्द्रले राजनीति संखघोष गर्ने हिम्मत राख्न जरुरी थियो । त्यसो भएकाे भए नागरिकहरुको भेला भिड बन्ने सम्भावना कम रहन्थ्यो । यस्तै राजाबाटै संवोधन हुनेभएपछि त्यसमा अर्काको सम्पत्ति र सवारीसाधनमा गिद्धेदृष्टी राख्नेहरुका नाइकेजस्तै चेलाहरु कम हुन्थे ।
राजा ज्ञानेन्द्रले खोपीमा बसेर होइन राजसंस्था पूर्नस्थापना र आफुलाई गद्दाशिन गराउने नै हो भने अब सडकमा अग्रपक्तिमा आउन जरुरी छ । अब नागरिकहरु रैती होइनन् भन्ने मान्यता स्वीकार्न जरुरी छ ।
नागरिकहरुलाई राजा हुन वा दलका नेता स्वतन्त्र भएर संविधान प्रदत्त नैर्सगिक अधिकारको प्रत्यक्ष लाभलिन समेत भनसुन नहुने सरकार चाहिएको हो । उनीहरुलाई भ्रष्टाचारमा देखिने दलगत पक्षधरता होइन सबैमा समानता भएको निर्मम कानून चाहिएको हो । उनीहरुलाई शान्त, सुन्दर र सम्बृद्ध नेपाल चाहिएको हो । यसका लागि उनीहरुले बिकल्प खोजेका हुन् । खोपीमा बसेर राज्य चलाउने राजा होइन, कदापी हुँदै होइन् ।
#ठोकोताली
(ठोकोताली समाचार, विचार, विश्लेषण र व्यंग्यको रोचक तथा घोचक प्रस्तुति हो । यसमा प्रस्तुत विषय कुनै व्यक्ति विशेष नभई समग्र प्रवृत्तिप्रति लक्षित हो ।)
प्रतिक्रिया