
राजावादी आन्दोलनमा पक्राउ पर्नेको संख्या ११० पुग्यो


राजसंस्थाको पुनःस्थापनाका मागसहित तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएर पक्राउ परेका व्यक्तिको संख्या ११० पुगेको छ ।
शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकद्वारा गरिएको आन्दोलनले उग्र रूप लिँदा तोडफोड, आगजनी र हिंसात्मक घटनाहरू भए । अनुसन्धानका क्रममा प्रहरीले शनिबार बिहानसम्म ११० जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
यसैक्रममा, प्रहरीको विशेष टोलीले धर्मगुरु पुष्कर खतिवडालाई समेत पक्राउ गरिसकेको छ । साथै, राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायतका नेताहरू शुक्रबारदेखि नै प्रहरीको निगरानीमा छन् ।
घटनाको मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईं भने अझै फरार छन् । प्रहरीले उनको खोजी जारी राखेको जनाएको छ ।
प्रतिक्रिया