
कर्फ्यूकाे समय लम्बियाे

काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय भोलि (शनिबार) बिहान ७ बजेसम्मका लागि थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर आज राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेकामा शनिबार विहानसम्म थप गरिएको हो ।
शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश भोलि बिहान ७ बजेसम्मका लागि थप भएको हो ।
प्रतिक्रिया