
राजावादीको हिंसात्मक झडपमा परी ३५ जना घाइते


पूर्वराजाका सर्मथकहरूले आज (शुक्रबार) काठमाडौँको तीनकुने क्षेत्रमा गरेको हिंसात्मक प्रदर्शनका क्रममा भएको झडपमा ३५ जना घाइते भएका छन् ।
गृह मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले झडपमा ३५ जना घाइते भएका बताए ।
गृह मन्त्रालयका अनुसार प्रदर्शनकारीतर्फ २३, सशस्त्र प्रहरीतर्फ नौ र नेपाल प्रहरीतर्फ तीन जना घाइते भएका छन् । आन्दोलनका प्रमुख दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउनुका साथै आजको आन्दोलनबाट भएको क्षतिको जिम्मेवारी आयोजकले लिनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया