राजावादीको प्रदर्शन उग्र बनेपछि सडकमा सेना

तीनकुने क्षेत्रमा कर्फ्यू आदेश पालना गराउन नेपाली सेना खटाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले काठमाडौँमा कर्फ्यू आदेश जारी गरेसँगै नेपाली सेना सडकमा खटिएको हो ।

काठमाडौँका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कर्फ्यू जारी गरिएको छ ।

विमानस्थललगायतका संवेदनशील क्षेत्रमा राजावादी समूहले आगजनी र तोडफोड गर्न थालेपछि सेना खटाइएको हो ।

जिल्ला प्रशासन कार्यालयले बानेश्वर–तीनकुने क्षेत्र, गौशाला–विमानस्थल–गैरीधारा–तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमुल पुलसम्म र सम्म चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी भएको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *