कोटेश्वर भाटभटेनीमा लुटपाट हुँदा प्रहरी नआएको गुनासो

राजावादी प्रदर्शनकारीहरूले कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट, तोडफोड र आगजनी गरेका छन् ।

तीनकुनेमा तोडफोड गरे लगत्तै छिन्नभिन्न भएका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट, तोडफोड र आगजनी गरेका हुन् ।

भाटभटेनी स्रोतका अनुसार प्रदर्शनकारीहरूले सुरक्षागार्डलाई हातपात गर्दै भाटभटेनी सुपरस्टोर भित्र प्रवेश गरे । त्यसपछि सामान लुटपाट गर्दै बाहिर निकालेर आगजनी समेत गरे ।

सुरक्षा माग गर्दै प्रहरीलाई बोलाउँदा पनि नआएको भाटभटेनी स्रोतको गुनासो छ ।

३ः५८ बजे आईजीपीलाई फोन गरेको तर नआइपुगेको बताए ।

भाटभटेनी सुपरस्टोरको भवनका सिसा फुटाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *