
राजावादी प्रदर्शन : कहाँ-कहाँ लगाइयो कर्फ्यू ?

काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कर्फ्यू जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुत्रबार सूचना जारी गर्दै यसबारेमा जानकारी दिएका हो ।
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्र आसपासमा कर्फ्यू आदेश जारी गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आज (शुक्रबार) अपराह्न ४ः२५ देखि राति १० बजेसम्म कर्फ्यू जारी गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बानेश्वर–तीनकुने क्षेत्र, गौशाला–विमानस्थल–गैरीधारा–तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमुल पुलसम्म र सम्म चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी भएको छ ।
राजावादी समूहले तिनकुनेमा घरमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका थिए ।
राजावादीहरुको प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्याँस सहित हवाई फायर समेत गर्नुपरेको थियो ।
प्रतिक्रिया