तनावग्रस्त तिनकुने : राजावादीको कार्यक्रम विथोलियो, घर तोडफोड

काठमाडौंको तीनकुनेमा शुक्रबार राजावादी पक्षधरले प्रदर्शन गरेपछि स्थिती तनावग्रस्त बनेको छ ।  राजसंस्था पुनस्थापना माग गर्दै प्रदर्शनरत राजावादीहरुका कारण स्थिति तनावग्रस्त बनेको हो ।

राजावादी समर्थकले प्रदर्शनका क्रममा व्यक्तिका घर समेत तोडफोड गरेका छन् । प्रदर्शनका क्रममा राजावादीहरुले तीन जना व्यक्तिका घर तोेडफोड गरेका हुन् ।

यसैबीच राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर तीनकुनेबाट बाहिरिएका छन् । प्रहरीले स्थिती नियन्त्रणमा लिन अश्रु ग्यास समेत प्रयोग गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर