यस्तो छ प्रबुद्ध नागरिकहरूले राजावादी आन्दोलनका सन्दर्भमा जारी गरेको ६ बुँदे अपिल

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूको अन्तरक्रियात्मक भेलाले राजावादी आन्दोलनका सन्दर्भमा ६ बुँदे अपिल जारी गरेको छ । आन्दोलनलाई अनियन्त्रित हुन नदिन सरकार पक्षबाट यथाशीघ्र वार्ता, संवाद र सहमतिका लागि उनीहरूले आह्वान गरेका छन् ।

आन्दोलनरत पक्ष, सरकार पक्ष, राष्ट्रिय–अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघ–संस्थाहरू र सम्पूर्ण सरोकारवाला पक्षहरूसमक्ष यो अपिल जारी गरिएको हो । वर्तमान व्यवस्था र व्यवस्थापन दुवैप्रति जनतामा रहेका गुनासा र सोको सुधारका लागि जनताले उठाएका शान्तिपूर्ण आवाजहरूप्रति भेलाले ऐक्यबद्धता प्रकट गरेको छ ।

जनताका शान्तिपूर्ण आवाज र मागहरुविरुद्ध राजनीतिक नेतृत्व र सरकारी तहबाट अशिष्ट अभिव्यक्ति तथा प्रतिकारात्मक गतिविधि एवं बल प्रयोग नगर्न अनुरोध गरिएको छ । यदि परिस्थिति नियन्त्रणबाहिर जाने अवस्था आयो भने यसको जिम्मेवार सरकार स्वयम् हुनेतर्फ सचेत गराइएको छ ।

भेलामा उद्योगी–व्यवसायी भाष्करराज राजकर्णिकार, भवानी राणा, कुशकुमार जोशी लगायत थिए । यस्तै कलाकारमा मनिषा कोइराला र दीपक राज जोशीको नाम छ । सञ्चार क्षेत्रबाट युवराज घिमिरे, जीवनराम भण्डारी, श्याम कँडेल, टिकाराम यात्री, दिरेकलाल श्रेष्ठ, आशिष शेरचन लगायत रहेका छन् । एमालेबाट संसदीय चुनाव लडेका पूर्वआइजीपी सर्वेन्द्र खनाल पनि भेलामा पुगेका थिए ।

यस्तो छ अपिल

समसामयिक राजनीति र देश काल परिस्थितिका सम्बन्धमा आज राष्ट्रिय जीवनका विविध क्षेत्रमा विशिष्ट योगदान पुयाउनु भएका व्यक्तित्वहरुको एक वृहत अन्तरक्रियात्मक भेलाले पछिल्लो समयमा विभिन्न मागहरुसहित आन्दोलनरत पक्ष, सरकार पक्ष, राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाहरु तथा सम्पूर्ण सरोकारवाला पक्षहरुसँग निम्न अपिल गरेको छ ।

१. वर्तमान व्यवस्था र व्यवस्थापन दुवैप्रति जनतामा रहेका गुनासाहरु र सोको सुधारका लागि जनताले उठाएका शान्तिपूर्ण आवाजहरूप्रति यो भेला ऐक्यबद्धता प्रकट गर्दछ ।

२. आन्दोलनका स्वरुपहरुलाई पूर्ण रुपमा अहिंसात्मक र शान्तिपूर्ण बनाउन पनि यो भेलाले आन्दोलनरत पक्षसँग अनुरोध गर्दछ ।
३. आन्दोलनलाई अनियन्त्रित हुन नदिन सरकारपक्षबाट यथाशीघ्र वार्ता र सहमति, वार्ता र संवादका लागि आह्वान गर्न हामी अपिल गर्दछौं ।

४. जनताका शान्तिपूर्ण आवाज र मागहरुविरुद्ध राजनीतिक नेतृत्व तथा सरकारी तहबाट अशिष्टि अभिव्यक्ति तथा प्रतिकारात्मक गतिविधि एवं बल समेत प्रयोग नगर्न समेत अनुरोध गर्दछौं ।

५. साथै यस सन्दर्भमा राष्ट्रिय, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, पर्यवेक्षकहरुलाई निष्पक्ष तथा विवेकपूर्ण अनुगमनका लागि हार्दिक अपिल गर्दछौं ।

६. प्रजातान्त्रिक व्यवस्थामा निषेध किमार्थ स्वीकार्य हुन सक्दैन, राज्यसत्ता र त्यसको नेतृत्वमा रहेकाहरुको वर्तमानको गतिविधिले निषेधको तृष्णा देखाउँछ । हामी तपशीलका विभिन्न संस्था र विधामा आबद्ध व्यक्तिहरु सरोकारवालालाई सतर्क र सचेत पनि गराउन चाहन्छौं । यदि परिस्थिति नियन्त्रण बाहिर जाने अवस्था भयो भने यसको जिम्मेवार स्वयं सरकार हुनेछ ।

भाष्कर राज राजकर्णिकार

भवानी राणा

कुश कुमार जोशी

मनिषा कोइराला

विनोद बहादुर श्रेष्ठ

अनिल जोशी

राजाराज गिरि

दीपक गिरि

युवराज घिमिरे

किशोर प्रधान

किशोर थापा

भीम उदास

उत्तम कृष्ण श्रेष्ठ

सुरेन्द्रवीर मालाकार

आशिष शेरचन

दिरेकलाल श्रेष्ठ

निर्मलराज पौडेल

मधुसुदन थापा

श्याम कँडेल

टीकाराम यात्री

जीवराम भण्डारी

ध्रुव नारायण श्रेष्ठ

दुर्गा बहादुर थापा

जैसन वैद्य

यज्ञराज अधिकारी

जेसन वैद्य

दिनेश श्रेष्ठ

विक्रम पाण्डे

डा. गोपाल तिवारी

स्वागत नेपाल

सर्वेन्द्र खनाल

ए. जी शेर्पा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *